काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा उपाध्यक्ष पदको निवाृचन कार्यक्रम सुरु भएको छ ।
आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त पदमा नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी र नेकपा (एमाले)का विमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावको सूचना प्राप्त हुन आएको जानकारी गराए ।
बैठकमा ती प्रस्तावका प्रस्तावक र समर्थकले मन्तव्य राखेपछि निर्वाचन हुने कार्यक्रम छ । सभाका उपाध्यक्ष उर्मीला अर्यालले राजीनामा दिएपछि सो पद रिक्त भएको थियो ।