काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठक आज (शुक्रबार) दिउँसो १ बजे बस्नेछ ।
हिजो (बिहीबार)का लागि तय भएको मन्त्रिपरिषद् बैठक आज बस्ने सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जानकारी दिए ।
यसअघि बिहीबारलाई बोलाइएको बैठक शुक्रबार बिहान १० बजे हुँदै पुनः समय संशोधन गरेर दिउँसो १ बजेलाई पुर्याइएको हो ।
बैठकले सरकारका नियमित कामकारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरूको मासिक रिपोर्टबारे ब्रिफिङ गर्नेछन् ।