बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

हङकङविरुद्ध नेपालले टस जित्यो, १८ ओभरको खेल हुने


  • 685
    SHARES
  • https://indrenipost.com/index.php/posts/7655
    बैशाख ३, २०८१ सोमबार
    हङकङविरुद्ध नेपालले टस जित्यो, १८ ओभरको खेल हुने

    काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल बषाृले प्रभावित बनेपछि १८(१८ ओभरको हुने भएको छ ।

    ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै हङकङले पहिला ब्याटिंग गर्ने भएको छ ।  

    समुह ए मा रहेको नेपालले यस अघिका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा रहेको छ । नेपालले यस अघि मलेसिया र कतारलाई पराजित गरेको थियो । त्यस्तै हङकङले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ । हङकङले पहिलो खेलमा कतारलाई पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग हार बेहोरेको थियो ।

    नेपालको प्लेइङ(११स् रोहित पौडेल –कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहोरा ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij