मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच बालुवाटारमा भेटवार्ता जारी


  • 424
    SHARES
  • https://indrenipost.com/index.php/posts/7667
    बैशाख ४, २०८१ मंगलबार
    प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच बालुवाटारमा भेटवार्ता जारी

    काठमाडौं । सत्ता गठबन्धनबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भेट गरेका छन् ।

    दुई नेताबीच बालुवाटारमा वार्ता जारी रहेको बालुवाटार स्रोतले जानकारी दियो । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेपछि वर्तमान सत्ता गठबन्धन धरापमा परेको छ ।

    अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी ओली सहमतिबाट पछि हटेकोले गठबन्धनबाट बाहिरिने चेतावनी दिँदै आएका छन् ।

    यसै विषयमा प्रधानमन्त्री प्रचण्ड र सम्मानित नेता खनालबिच छलफल भएको बताइएको छ ।

    एक प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने बताउँदै आएको समाजवादीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको पक्षमा उभिएपछि सो प्रदेशमा नाउपाकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij