काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)ले एकता खाका बनाउने भएको छ ।
आज (मंगलबार) पार्टी एकता कार्यदलको बैठकले एकताको खाका बनाउने निर्णय गरेको हो ।
वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न गठित कार्यदलको बैठकले दुवैतर्फ एकता प्रक्रियालाई अगाडि बढाउन खाका तयार गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टी एकताका लागि दुवैतर्फको संगठनात्मक स्थितिबारे आपसमा जानकारी गराउने काम पनि भएको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिए ।
बैठकमा माओवादी केन्द्रका तर्फबाट कार्यदल सदस्यहरू महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्माको उपस्थिति रहेको थियो ।
नेसपाको तर्फबाट भने सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादवको सहभागिता रहेको थियो ।