मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

राजनीति

विप्लव नेतृत्वको नेकपा र माओवादी केन्द्रबीच एकताबारे छलफल


  • 586
    SHARES
  • https://indrenipost.com/index.php/posts/7689
    बैशाख ५, २०८१ बुधबार
    विप्लव नेतृत्वको नेकपा र माओवादी केन्द्रबीच एकताबारे छलफल

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय समितिको बैठक सुरु भएको छ । आज (बुधबार)बाट कपिलवस्तुको शिवगढीमा उक्त समितिको बैठक सुरु भएको हो । 

    बैठकमा वामपन्थी ध्रुवीकरणबारे बृहत् छलफल जारी रहेको नेकपाले जनाएको छ । बैठकले पार्टीको ६ महिनाको समीक्षा, आगामी योजना, पछिल्लो राजनीति छटनाक्रम, वामपन्थी शक्तिबीच एकता तथा ध्रुवीकरणलगायत विषयमा छलफल हुनेछ । बैठकमा महासचिव नेत्रविक्रम चन्दले २० पृष्ठको राजनीतिक दस्ताबेज पेस गरेको स्थायी समिति सदस्य अनिल शर्मा विरहीले जानकारी दिए । 

    उनका अनुसार, ‘यो नियमित बैठक हो । प्रत्येक ६–६ महिनामा केन्द्रीय समिति बैठक बस्ने पार्टीको नियम छ । महासचिवले २० पृष्ठको दस्ताबेज पेस गर्नुभएको छ ।’ 

    ‘आजको आवश्यकता भनेकै वामपन्थी ध्रुवीकरण हो । हामी ढिलो–चाँडो सबै एकै ठाउँमा आउनुपर्छ । त्योभन्दा पहिले हाम्रो पार्टी नेकपाले नेकपा (माओवादी) केन्द्रसँगको एकताबारे छलफल गर्ने भएको छ । त्यसका लागि औपचारिक निर्णय नभए पनि छलफल अगाडि बढिसकेको छ,’ विरहीले भने । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij