मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

राजनीति

देउवा र ओली शनिबार एउटै मञ्चमा, सत्ता फेरबदलको कसरत हो ?


  • 568
    SHARES
  • https://indrenipost.com/index.php/posts/7729
    बैशाख ७, २०८१ शुक्रबार
    देउवा र ओली शनिबार एउटै मञ्चमा, सत्ता फेरबदलको कसरत हो ?

     काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भोलि (शनिबार) एउटै मञ्चमा देखिनेछन् । 

    मालेद्वारा आयोजित पार्टी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा देउवा र ओली एउटै मञ्चमा देखिनेछन् । 

    त्यसका लागि एमालेले आज (शक्रबार) सभापति देउवालाई बैठकमा सहभागी भइदिन आधिकारिक रूपमै निम्तो दिएको छ । शुक्रबार बिहान एमाले नेताहरू देउवा निवास पुगेर निम्तो दिएका हुन् । 

    देउवालाई निम्तो दिन देउवा निवास पुगेका एमाले सचिव योगेश भट्टराईले भने,  ‘हामीले शुक्रबार पूर्व प्रधानमन्त्री समेत रहेका नेता देउवालाई निम्ता दियौँ । उहाँले निम्तो स्वीकार गर्नु भएको छ । आउँछु भन्नुभएको छ ।’

    एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा शनिबारबाट सुरु हुँदैछ । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij