काठमाडौं । सरकारले विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको छ । यसबारे औपचारिक निर्णय भने बुधबार हुने एक सरकारी निकट स्रोतले जानकारी दिएको छ ।
सरकारको निर्णयअनुसार दुवै खोप लगाएका विदेशी नागरिकलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल भिसा दिने भएको हो । यस्तै खोप नलगाए पनि पिसिआर रिपोर्ट नेगेटिभ भएकाहरुले पनि विमानस्थलमै अनअराइभल भिसा पाउने भएका छन् ।
सरकारले विदेशी नागरिकहरुका लागि अनिवार्य गरेको १० दिने क्वारेन्टाइन पनि बन्द गरेको छ।