मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

आगलागी घटना

५ महिनामा १ हजारभन्दा बढी आगलागीका घटना, १६ जनाको मृत्यु, ४५ घाइते


  • 811
    SHARES
  • https://indrenipost.com/index.php/posts/8056
    माघ २, २०८१ बुधबार
    ५ महिनामा १ हजारभन्दा बढी आगलागीका घटना, १६ जनाको मृत्यु, ४५ घाइते

    काठमाडौं । पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ ।  

    नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिए । उनका अनुसार आगालागीबाट एक सय ९० घर, एक सय ३० गोठ, एउटा सरकारी कार्यालय र चार सय ५५ पशुचौपायको क्षति भएको छ । 

    आगालागी नियन्त्रणका लागि आठ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । आगालगीबाट करिब रु ५० करोड बराबर क्षति भएको प्रवक्ता अधिकारीले बताउँदै २९ परिवार विस्थापित भएका जानकारी दिए ।  

    सबैभन्दा बढी कोशी प्रदेशमा तीन सय ३१ स्थानमा आगलागी भएका छन् । प्रहरीले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशमा दुई सय ६९, बागमतीमा ७०, काठमाडौं उपत्यकामा एक सय ४०, गण्डकी प्रदेशमा ८१, लुम्बिनीमा एक सय १४, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ६० वटा आगलागीका घटना भएका छन् । 

    दैनिक रूपमा आगलागीका घटना भइरहेका भन्दै हिजो मात्रै देशभरका १९ ठाउँमा आगलागी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती आगलागीबाट दुई जना घाइते भएका प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए । 

    दैनिक आगलागीका घटना भइरहेकाले आगो, विद्युत् तथा ग्यासका सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । विद्युत् सर्ट, ग्यास चुहिएर र जाडोमा आगो ताप्दा असावधानीलगायत कारणले आगलागीका घटना बढिरहेका प्रवक्ता भट्टराईले बताए ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij