बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

सिन्धुपाल्चोकमा भूकम्पपछि भाग्दा एक बन्दी घाइते 


  • 325
    SHARES
  • https://indrenipost.com/index.php/posts/8135
    फागुन १६, २०८१ शुक्रबार
    सिन्धुपाल्चोकमा भूकम्पपछि भाग्दा एक बन्दी घाइते 

     

    काठमाडौं । शुक्रबार बिहान मध्यरातमा गएको भूकम्पले सिन्धुपाल्चोकमा केही क्षति भएको विवरण आउन थालेको छ । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार केही घरमा सामान्य क्षति भएको छ भने एक जना बन्दी घाइते भएका छन् ।

    भूकम्पले हल्लाएपछि अत्तालिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका भोटेकोशी गाउँपालिका–५ का अन्दाजी ३३ वर्षीय स्याङबो तामाङ घाइते भएका हुन् । सहायक प्रजिअ नेपालीका अनुसार तामाङको अहिले चौतारा अस्पतालमा उपचार भइराखेको छ । घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य छ । त्यसैगरी भूकम्पले इलाका प्रहरी कार्यालय कोदारीको ब्यारेक भवनमा क्षति गरेको छ । सहायक प्रजिअ नेपालीका अनुसार ब्यारेक भवन चर्किएको हो । अन्य क्षतिको विवरण आउनेक्रममा रहेको उनको भनाइ छ । सहायक प्रजिअ नेपालीले उद्धारका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जानकारी गराउनुभएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार शुक्रबार बिहानका राति २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो भूकम्पको धक्का देशभर महसुस भएको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij