काठमाडौं । जुवा खेली रहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ हरहमहादेवबाट १३ जनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरूले कमल दाहालको घरमा दोस्रो तल्लामा १३ जना जम्मा भएर क्यासिनो शैलीमा जुवा खेलिरहेको फेला पारेको प्रहरीको दाबी रहेको छ । उनीहरूको साथबाट प्रहरीले १८ लाख ७५ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ ।
दसैँ तिहार जस्ता चार्ड पर्व नजिकिदैं गर्दा जुवा तास खेल्ने क्रम बढ्ने हुँदा प्रहरीले सक्रियता बढाएको छ ।