आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

राष्ट्रियसभाबाट पनि स्वीकृत भए पाँच अध्यादेश 


  • 334
    SHARES
  • https://indrenipost.com/index.php/posts/8240
    फागुन २२, २०८१ बिहीबार
    राष्ट्रियसभाबाट पनि स्वीकृत भए पाँच अध्यादेश 

     

    काठमाडौं । राष्ट्रिय सभाबाट पनि सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् । यस अघि बुधबार प्रतिनिधि सभाबाट स्वीकृत भएका पाँच अध्यादेश विहिबार राष्ट्रिय सभाबाट स्वीकृत भएका हुन् । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश संसद्को दुवै सदनबाट स्वीकृत भएका छन् ।

    राष्ट्रियसभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश(२०८१,  आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश (२०८१ रहेका छन् ।

    योसँगै सरकारले ल्याएका ६ मध्ये ५ अध्यादेश संसदको दुवै सदनबाट स्वीकृत भएका छन् भने भूमिसम्बन्धि अध्यादेशलाई भने सरकारले अहिले होल्डमा राखेको छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij