बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

ग्लोबल आईएमई बैंकको ग्लोबल म उद्यमी कर्जा सार्वजनिक 


  • 586
    SHARES
  • https://indrenipost.com/index.php/posts/8256
    फागुन २४, २०८१ शनिबार
    ग्लोबल आईएमई बैंकको ग्लोबल म उद्यमी कर्जा सार्वजनिक 

    काठमाडौं ।  ग्लोबल आईएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी लक्षित ग्लोबल म उद्यमी कर्जा सार्वजनिक गरेको छ । महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानिय समुदायहरुमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको हो ।

    यस योजनाले महिलाहरुलाई उद्यमी भई व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्नेछ । महिलाहरुले नेतृत्व गरेको कृषि, उत्पादन, प्रशोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्राथमिकता दिई कर्जा प्रदान गर्नेछ । यस योजनाअन्तर्गत आकर्षक सुविधाहरू सहित न्यूनतम ब्याजदरमा महिला उद्यमीहरूलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्दछ ।

    महिलाहरुको कम्तीमा ५० प्रतिशत स्वामित्व भई उनीहरुकै नेतृत्वमा व्यवसाय सञ्चालन भएका व्यवसायहरु मात्र यस कर्जाका लागी योग्य हुनेछ । यो कर्जा योजनाअन्तर्गत ग्लोबल म उद्यमी कर्जा लिँदा बैंकले उद्यमी डिजिटल उपहार प्रदान गर्नेछ । ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको वेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक फरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij