आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

दोस्रो तारिख बुझ्न कास्की पुगे रवि


  • 640
    SHARES
  • https://indrenipost.com/index.php/posts/8269
    फागुन २५, २०८१ आइतबार
    दोस्रो तारिख बुझ्न कास्की पुगे रवि

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्कीतर्फ लागेका छन् । उनको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन् । यसअघि उनी ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका थिए ।

    सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए । रवि सोमबार रुपन्देहीमा पनि जानेछन् । बुटवलस्थित सुप्रिम सहकारी ठगि प्रकरणमा लामिछाने एक करोड धरौटीमा रिहा भएका थिए ।

    सहकारी प्रकरणमा चार जिल्ला कास्की, रुपन्देही, चितवन र काठमाडौँमा मुद्धा खेपिरहेका लामीछाने हाल राजनीतिक रुपमा भने निष्क्रिय रहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij