शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

शिक्षा

पढाउन छाडेर राजनीति गर्ने शिक्षकलाई कारबाही


  • 2.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/827
    असोज ८, २०७८ शुक्रबार
    पढाउन छाडेर राजनीति गर्ने शिक्षकलाई कारबाही

    काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलमा सक्रिय हुँदा पठनपाठन नै प्रभावित भएको भन्दै व्यापक जनगुनासो आएपछि सरकारले त्यस्ता शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

    सामुदायिक विद्यलायमा कार्यरत शिक्षक विभिन्न राजनीतिक पार्टीका कार्यकारी पदमा रही काम गरेको तथा अधिवेशनमा सहभागी भइरहेको उजुरी प्राप्त भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । 

    यसर्थ राजनीतिमा भाग लिन नपाउने कानुनी व्यवस्थाविपरीत राजनीतिक दलमा सक्रिय शिक्षकलाई कारबाही हुने चेतावनी शिक्षा एकाइले दिएको हो । 

    शिक्षा एकाइद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ,  ‘ऐन तथा नियमावलीमा भएको व्यवस्था पालना नगर्ने शिक्षकहरुलाई शिक्षा नियमावली २०५९ (संशोधनसहित) को परिच्छेद २३, नियम १३८ को उपनियम (१) बमोजिम कारबाही हुने बेहोरो सचेत गराइन्छ ।’

    शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा १६ उपदफा ५ को ‘छ’ मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा शिक्षकलाई नोकरीबाट हटाइने प्रावधान छ । यस्तै शिक्षा नियमावलीमा पनि ऐनमा व्यवस्था भएबमोजिम कारबाही हुने लेखिएको छ । 

    सरकारको चेतावनी विज्ञप्ति:

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij