आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

पूर्वराजालाई प्रधानमन्त्रीले सोधे के माग्नुभएको हो ?


  • 280
    SHARES
  • https://indrenipost.com/index.php/posts/8271
    फागुन २५, २०८१ आइतबार
    पूर्वराजालाई प्रधानमन्त्रीले सोधे के माग्नुभएको हो ?

     

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई फेरि पछाडि फर्काउने प्रयास देखिएको बताएका छन् । सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति आपत्ति जनाउँदै मनैदेखि जनतालाई टुक्र्याउने कोसिस भएको बताए ।

    फागुन ५ गते शाहले गरेको सम्बोधन सुनेर आफू छक्क परेको भन्दै ओलीले सोधे ‘फागुन ६ गते नै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ। कानुनको पनि कुरा गर्नुहुन्न, लोकतन्त्र, प्रणाली प्रक्रियाको कुरा गर्नुहुन्न त। मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु भन्नुहुन्छ। देश के भएको छरु’

    ओलीले चुनावमा साथ मागेको कि के मागेको भनी प्रश्न गरे । “म उहाँलाई सुझाव दिन चाहन्छु– पूर्वराजाको हैसियतले, पुस्तौनी सत्ता चलाएको हैसियतले देशलाई सभ्य, सुसंस्कृत ढंगले लोकतान्त्रिक बाटोमा, लोकतान्त्रिक विधिबाट संविधान र कानुनअनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनुपर्ने ठाउँमा के चुनावमा साथ मागेको कि भोट मागेको कि के मागेको रु,” ओलीको प्रश्न छ ।

    राजनीतिमा आउने भए आफूहरू शाहलाई स्वागत गर्न तयार रहेको ओलीको भनाइ छ। तर आफूलाई साथ देऊ, आउँछु भनेर के कुरालाई इंगित गरेको भन्ने आफूले नबुझेको ओलीको भनाइ छ।

    ‘मलाई साथ देऊ, आउँछु १ कहाँ आउने उहाँ, पोलिटिक्समा आउनुस् न हामी स्वागत गर्छौैं,’ ओलीले भने, ‘अराजनीतिमा आउने कि राजनीतिमारु केमा साथ माग्नुभएको हो बुझिएन। अहिले बुझिएन मात्रै भनौँ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij