शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

विभिन्न ७ जिल्लाका सीडीओसहित ११ सहसचिवको सरुवा


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/8395
    चैत ६, २०८१ बुधबार
    विभिन्न ७ जिल्लाका सीडीओसहित ११ सहसचिवको सरुवा

     
    काठमाडौँ । ७ प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिव र उपसचिवको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा भएको हो ।

    कपिलवस्तुका सीडीओ शिवप्रसाद अधिकारी, सुर्खेतका शंकरहरि आचार्य, नवलपरासीपूर्वका अरुण पोखरेल, बागलुङका नेत्रप्रसाद सुवेदी, अछामका शिवप्रसाद लम्साल र पर्वतका केदारनाथ शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ ।

    यस्तै सहसचिव दिलकुमार तामाङ कपिलवस्तु, जगदिश्वर उपाध्याय सुर्खेत, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइँटेल उदयपुर, आनन्द सारुलाई अछामको सीडीओको जिम्मेवारी दिएर पठाइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij