शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

प्रचण्डले भने,‘२०८४ सम्म प्रधानमन्त्री बन्दिन’ 


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/8418
    चैत ८, २०८१ शुक्रबार
    प्रचण्डले भने,‘२०८४ सम्म प्रधानमन्त्री बन्दिन’ 

     
    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् । शुक्रवार वीरगन्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए ।

    अध्यक्ष प्रचण्डले अहिलेको सरकार भ्रष्टाचारीहरूलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको बताए । उनले भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाए । 

    २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहने उनले जिकिर गरे । आफू २०८४ सम्म जनताकै साथमा रहने उनको भनाइ छ । सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्ने कुरा माओवादीमा लागू नहुने उनले बताए ।  सरकारमा हुँदा आफूले भ्रष्टाचारविरुद्धको आन्दोलन छेडेको उनले बताए ।

    आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरूले सरकारमा हुँदा जोड दिएको र आफू नेतृत्वको सरकार भ्रष्टाचारीहरूले हटाएको उनको दाबी थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij