शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

यी हुन्, अनअराइभल भिसा नपाउने मुलुक


  • 955
    SHARES
  • https://indrenipost.com/index.php/posts/842
    असोज ८, २०७८ शुक्रबार
    यी हुन्, अनअराइभल भिसा नपाउने मुलुक

    काठमाडौं । नेपालले १२ वटा मुलुकका नागरिकलाई अनअराइभल भिसाको सुविधा नदिने भएको छ । अध्यागमन विभागका अनुसार यसरी अनअराइभल भिसा नपाउने मुलुकमा बढी द्वन्द्वग्रस्त क्षेत्रका मुलुक छन् ।

    नेपालले कोभिड-१९ विरुद्धको पूर्ण खोप प्राप्त गरी १४ दिन पूरा गरेका विदेशी नागरिकलाई बिहीबारबाट अनअराइभल भिसा खुला गरेको थियो । विभागले ७२ घण्टाभित्रको पीसीआर रिर्पोट साथमा लिएर आएमा अध्यागमन विन्दुबाटै भिसा दिने निर्णय गरेको थियो ।

    तर विभागले जारी गरेको सूची अनुसार नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्लालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले नेपाली अध्यागमन बिन्दुमा अनअराइभल भिसा पाउने छैनन् ।

    उनीहरुले अनिवार्य रुपमा विदेशस्थित तोकिएको नेपाली कूटनीतिक नियोगबाट भिसा लिएर नेपाल आउनु पर्नेछ । यसका लागि आकस्मिक राहदानी बाहकले समेत अनिवार्य रुपमा कुटनीतिक नियोगबाट भिसा लिनुपर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij