मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

बसको सिटमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/8429
    चैत ९, २०८१ शनिबार
    बसको सिटमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

     
    काठमाडौं । झापामा बसमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ। झापाको दमकबाट विर्तामोड जाँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बसमा मृत भेटिएकी महिला मोरङ गछिया बस्ने ४३ वर्षीया सेलिङ चेम्जोङ भएको खुलेको हो।

    पूर्वपश्चिम राजमार्गअन्तर्गतको दमक विर्तामोड खण्डको झिलभिलेमा पुग्दा अन्य यात्रुले सिटमा महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। शुक्रबार साँझ पौने ६ बजेतिर यात्रुले बसको सिटमै महिला अचेत अवस्थामा ढलेको देखेका थिए।


    घटनाको विषयमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ । परिवारसँग सम्पर्क गरेर घटना अगाडिको महिलाको स्वास्थ्य अवस्थाबारे बुझ्नेकाम भइरहेको प्रहरीको भनाइ छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij