आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै 


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/8457
    चैत ११, २०८१ सोमबार
    तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै 

     
    काठमाडौं । संक्रमणकालीन न्यायबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरुको संयुक्त बैठक बस्न लागेको पहिलोपटक हो ।

    प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक अपराह्न चार बजे बस्ने छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकको मुख्य एजेन्डा संक्रमणकालीन न्याय भएको बताए । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया लगायतका विषयमा छलफल गर्ने तयारी छ  आजको बैठकमा राजावादीहरुले बढाएको गतिविधि र गणतन्त्रवादी दलहरुको भूमिकाका विषयमा पनि छलफल हुने बताइएको छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij