शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

देउवाले संवैधानिक राजा बन्न लायक छैन भन्ने टिप्पणीपछि शाही आक्रोसित  


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/8459
    चैत ११, २०८१ सोमबार
    देउवाले संवैधानिक राजा बन्न लायक छैन भन्ने टिप्पणीपछि शाही आक्रोसित  

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न सुझाव दिएपछि राजावादीहरू आक्रोशित भएका छन् ।  हिजो बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा देउवाले पूर्वराजा शाहमा संवैधानिक राजा हुन सक्ने हैसियत नभएको भन्दै राप्रपाको सभापति बन्न सुझाव दिएका थिए ।

    राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले सभापति देउवाको उक्त भनाइ प्रति रोश प्रकट गरेका छन् । ‘बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो, माननीय पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यू, हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ, राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ,’ शाहीले भने, ‘त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापतिसँग शपथ खाँदै बन्नुभएको हो ? जसले भुइँ छोड्छ उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस् सभापतिज्यू, यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ ?  हिम्मत छ ? ’ 
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij