शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी

  • 253
    SHARES
  • https://indrenipost.com/index.php/posts/8517
    चैत १५, २०८१ शुक्रबार
    दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौँ । राजावादी अभियानमा संलग्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध उजुरी परेको छ।  

    मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् । उक्त उजुरी शुक्रबार ब्युरोमा दर्ता भएको छ । 


    लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको आरोप प्रसाईमाथि छ । 

    उजुरीमा दुर्गा प्रसाईका अनलाइन अभिव्यक्ति तथा गतिविधिको छानबिन गर्न, नेपाल साइबर अपराध ऐन उल्लङ्घन गरेको आरोपमा आवश्यक कानूनी कारबाही गर्न, समुदायलाई थप हानि पुग्न नदिन यस्ता घृणास्पद अभिव्यक्ति र गलत सूचनालाई रोक्न आवश्यक कदम चाल्न माग गरिएको पन्तले बताए । 

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij