शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

म्यानमारको भूकम्पमा १४४ जनाको मृत्यु, थाइल्याण्डमा सय जना बेपत्ता

  • 838
    SHARES
  • https://indrenipost.com/index.php/posts/8522
    चैत १६, २०८१ शनिबार
    म्यानमारको भूकम्पमा १४४ जनाको मृत्यु, थाइल्याण्डमा सय जना बेपत्ता

    काठमाडौं । म्यानमारमा शक्तिशाली भूकम्पमा परी १४४ जनाको मृत्यु भएको छ।

    शुक्रबार दिउँसो तीन बजे म्यानमारको राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर ७.७ म्याग्नेच्युडको भूकम्प गएको थियो। प्रारम्भिक रिपोर्टहरूका अनुसार भूकम्पमा परी १४४ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ।

    भूकम्पले राजधानीमा सयौं घरहरू ढलेको र त्यसको भग्नावशेषमा सयौं मानिसहरू पुरिएको हुनसक्ने भएकाले मृत्यु हुनेको संख्या धेरै बढ्न सक्ने बताइएको छ। म्यानमारको दोस्रो ठूलो सहर मन्डालेमा पनि भूकम्पले अग्ला अग्ला भवनहरूमा क्षति पुगेको छ। त्यहाँ पनि मानिसहरूको मृत्यु भएको हुनसक्ने बताइएको छ।

    भूकम्पको धक्का थाइल्याण्डको बैंकक, चीन र भारतमा समेत महशुस भएको थियो। थाइल्याण्डको बैंककमा रहेको एउटा गगनचुम्बी भवन गर्ल्यामगुर्लुम्म ढलेको थियो। त्यहाँ काम गर्ने सय जना भन्दा बढी मजदुर बेपत्ता रहेको बिबिसीले जनाएको छ। म्यानमारका ६ सहरहरूमा आपतकाल घोषणा गरिएका छन्।

    त्यहाँ रातभरि पनि उद्दार कार्य भएको बताइएको छ। मुख्य मुख्य सहरहरूमा विद्युत आपूर्ति पनि अवरूद्ध हुँदा रातको समयमा उद्धारमा समस्या भएको थियो। ७.७ म्याग्नेच्युडको भूकम्पपछि ६.२ म्याग्नेच्युडको परकम्प गएको थियो। त्यसले पनि थप क्षति पुर्‍याएको छ।

    भूकम्पपछि मानिसहरू चिच्याउँदै सडकमा निस्किएका थिए। धेरै ठाउँहरूमा सडक समेत बीचबाट चिरिएको तस्बिरहरू सार्वजनिक भएका थिए। म्यानमारका अस्पतालहरु भूकम्पमा परी घाइते भएकाहरूले भरिएका छन्।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij