शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

खसीबोका लिएर काठमाडौँ आउँदै गरेको गाडी नागार्जुनमा पल्टियो, १ जनाको मृत्यु, २ घाइते

  • 271
    SHARES
  • https://indrenipost.com/index.php/posts/8531
    चैत १७, २०८१ आइतबार
    खसीबोका लिएर काठमाडौँ आउँदै गरेको गाडी नागार्जुनमा पल्टियो, १ जनाको मृत्यु, २ घाइते

    काठमाडौं । काठमाडौँको नागार्जुनमा खसीबोका लोड गरेको गाडी पल्टिँदा एक जनाको मृत्यु भएको छ। 

    नागार्जुन नगरपालिका–८ ठूलाखोला नजिकै गएराति पौने नौबजेतिर प्र ३ –०१–०२४  च ८३२२ नम्बरको गाडी सडकबाट चारसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

    धादिङबाट काठमाडौँ आउँदै गरेको टाटा गाडी विपरित दिशाबाट आउँदै गरेको अर्को गाडीलाई साइड दिने क्रममा सडकबाट खसेको हो। 

    दुर्घटनामा गम्भीर घाइते भएका गोरखाको भिमसेन गाउँपालिका-४ घर भएका का ५० वर्षीय गोकुल पाण्डेलाई उपचारको लागि स्वयम्भूस्थित मनमोहन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

    जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले दिएको जानकारीअनुसार दुर्घटनामा गाडी चालक गोरखाकै भिमेश्वर - ४ कै ४१ वर्षीय जमालुदिन मिया र सोही ठाउँका ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन्। 


    भट्टको भिमढुंगाको नर्सरी चोकमा रहेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। गाडीका चालक मियाको भने स्वयम्भूस्थित मनमोहन अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। 

    दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी बोहोराले बताए। 

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij