शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच २ बजे भेट हुँदै


  • 2.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/8617
    चैत २२, २०८१ शुक्रबार
    प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच २ बजे भेट हुँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भेटवार्ता हुने भएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच थाइल्याण्डमा भेटवार्ता हुन लागेको हो। प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बिच शुक्रबार २ बजेर ४५  मिनेटमा भेट्ने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । लामो प्रतिक्षा पछि ओली मोदीबिभ भेट वार्ता हुने समय मिलेको हो । 
    उनीहरूबीच थाइल्याण्डको बैङ्ककस्थित होटेल साड्ग्रिलामा भेटवार्ता हुने तय भएको हो। प्रधानमन्त्री ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनमा सम्बोधन गर्न बैङ्ककमा छन्। भारतीय प्रधानमन्त्री मोदी पनि उक्त शिखर सम्मेलनलाई सम्बोधन गर्न बैङ्कक पुगेका छन्। सम्मेलनलाई शुक्रबार बिम्स्टेक सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

    शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ। आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूची प्रस्तुत गरिनेछन्। त्यसपछि बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री ९प्रतिनिधिमण्डलका नेता० हरूबाट सम्बोधन हुनेछ। सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्नेछिन्।

    थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका हुन्। बिम्स्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुनेछ। त्यसपछि शुक्रबार साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी रहनेछन्।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij