शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

राजु पाण्डेलाई तत्काल निलम्बन गर्न माग


  • 298
    SHARES
  • https://indrenipost.com/index.php/posts/8706
    चैत २८, २०८१ बिहीबार
    राजु पाण्डेलाई तत्काल निलम्बन गर्न माग

    काठमाडौं । काठमाडौं महानगरमा कार्यरत कर्मचारी तथा पेशागत संगठनले नगर कार्यपालिकासमक्ष ११ बुँदे माग गरेका छन् ।

    स्थानीय तह कर्मचारी युनियन, नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघले बिहीबार संयुक्तरुपमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई ज्ञापन पत्र बुझाएको हो ।

    चैत २१ गते पाण्डेको अगुवाइमा कार्यालयको मर्यादा विपरीतका अनुशासनहीन गैरकानुनी, अमर्यादित एवं अनपेक्षित घटना भएको भन्दै त्यसको सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न संगठनहरुले माग गरेका छन् । यसका लागि तीन दिनभित्र अधिकार सम्पन्न छानविन समिति गठन गरी जिम्मेवारी दिनुपर्ने उनीहरूको माग छ ।

    त्यो दिन महानगर प्रहरी बलका प्रमुख पाण्डे आचरणविपरीत उत्रिएको ठहर गर्दै कर्मचारी संग-संगठनले तत्काल निलम्बनमा राखी छानबिन कार्यलाई सहज बनाउन माग गरिएको छ ।

    सो घटनापछि प्रमुख बालेन शाहको स्वकीय सचिवको नाममा सचिवालयका कर्मचारीले आचरण विपरीत अनधिकृत ढङ्गले सार्वजनिक सञ्चारमाध्यममार्फत उपप्रमुख, वडाध्यक्षलगायतका सम्मानित व्यक्तिहरू समेतलाई लाञ्छित गर्ने प्रयास गर्दै कर्मचारीको आचरण उल्लङ्घन गरिएको पनि उनीहरूको आरोप छ । उनलाई पनि कानुन बमोजिम हदैसम्मको कारबाही गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।

    ज्ञापन पत्रमा स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद, स्थानीय तह कर्मचारी संघका महासचिव शम्भु बराल, महानगर कर्मचारी परिषद्का अध्यक्ष उत्तम घले, यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष मचाबाबु मलाकार र वातावरण तथा सरसफाइ श्रमिक संघकी अध्यक्ष रमिला पराजुलीले हस्ताक्षर गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij