बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

अन्तर्राष्ट्रिय

शान्तिका लागि वार्ता गर्न उत्तर कोरिया इच्छुक


  • 4.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/871
    असोज १०, २०७८ आइतबार
    शान्तिका लागि वार्ता गर्न उत्तर कोरिया इच्छुक

    दक्षिण कोरियासँग विशेष वार्ता (इन्टर कोरियन समिट) गर्न उत्तर कोरिया इच्छुक देखिएको छ । कोरियाली मुलुकमा शान्ति स्थापनाका लागि उत्तर कोरिया दक्षिण कोरियासँग अर्को विशेष वार्ता गर्न इच्छुक देखिएको हो ।

    उत्तर कोरियाली नेता किम जङ उनकी बहिनी किम यो जङले शनिबार यदि दक्षिण कोरियाले आपसी सम्मान र निश्पक्षता कायमा गर्न सके उत्तर कोरिया विशेष वार्ताको लागि तयार भएको भन्दै प्रस्ताव राखेको स्थानीय मिडिया केसीएनएमा उल्लेख छ । 

    आइतबार सो प्रस्ताव दक्षिण कोरियाले स्वागत गरेको रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार शान्तिका लागि दुवै मुलुक लामो समयपछि एकैसाथ वार्तामा उपस्थित हुने अपेक्षा दक्षिण कोरियाको छ । 

    त्यसको लागि चाँडै दुवै मुलुकका लागि हटलाइन स्थापना गर्न समेत दक्षिण कोरियाले निर्देशन दिएको बताइएको छ । शुक्रबार दक्षिण कोरियाले दुई देश बीचको युद्ध अन्त्यको घोषणा गर्ने बताए लगत्तै शनिबार किमकी बहिनीले अर्को विज्ञप्ति सार्वजनिक गरेकी थिइन् । 

    सन् १९५० देखि ५३ सम्मको कोरियालीमा युद्ध शान्ति सम्झौता विना समाप्त भएको थियो । त्यसयता उत्तर र दक्षिण कोरियाको सम्बन्ध अझै बन्न सकेको छैन । 

    सो युद्धपछि दुई देशबीचको मुद्धा समाधानका लागि सन् २००० देखि सुरु भएको विशेष वार्ता (इन्टर कोरियन समिट) हालसम्म ५ पटक आयोजना भएपनि विना निश्कर्ष टुंगिने गरेको थियो । सो वार्ता अन्तिम पटक सन् २०१८ सेप्टेम्बरमा भएको थियो ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij