बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

  • 208
    SHARES
  • https://indrenipost.com/index.php/posts/8714
    चैत २९, २०८१ शुक्रबार
    अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

    काठमाडौं । अमेरिकामा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

    बिहीबार न्युयोर्क सिटीको हडसन नदीमा हेलिकप्टर खस्दा ६ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

    बिहीबार दिउँसो  तीन बजे जहाज असन्तुलित हुँदै नदीमा खसेको भिडिओ अमेरिकी मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

    उक्त हेलिकप्टरमा तीन बालबालिकासहित ६ जना सवार रहेकोमा सबैको मृत्यु भएको न्युयोर्क सिटीका मेयर एरिक एडम्सले बताएका छन्।

    तीन बालबालिकाको शव नदीबाट निकालिएको छ। जहाजमा सवारहरू स्पेनिस रहेको र उनीहरू घुम्न आएको बताइएको छ।

    न्यूयोर्कका मेयर एरिक एडम्सका अनुसार हेलिकप्टर दिउँसो ३ बजे डाउनटाउन हेलिपोर्टबाट उडेको थियो।

    हेलिकप्टरले म्यानहट्टनको स्काइलाइन हुँदै उत्तरतर्फ उडान भरेको र त्यसपछि स्ट्याच्यु अफ लिबर्टीतर्फ फर्कने क्रममा दुर्घटना भएको थियो।

    हेलिकप्टर उडेको १८ मिनेटभन्दा कम समयमा दुर्घटना भएको समाचार संस्था एशोशियटेड प्रेसले जनाएको छ।

    प्रत्यक्षदर्शीहरूले सन्तुलन गुमाएको हेलिकप्टरका पुर्जाहरू आकाशमै टुक्रिन थालेका थिए। त्यसपछि नदीमा खसेको थियो। यसबारेमा अमेरिकी यातायात सुरक्षा बोर्ड ९एनटिएसबी०ले अनुसन्धान गरिरहेको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनाबारे दुस्ख व्यक्त गरेका छन्।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij