मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता


  • 316
    SHARES
  • https://indrenipost.com/index.php/posts/8804
    बैशाख ८, २०८२ सोमबार
    दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता

    काठमाडौं ।  रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको छ। अहिलेसम्म दुई जनाको अवस्था अझै अज्ञात छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले १४ वर्षीय राजन यादवको शव डुबेको स्थान नजिकै फेला परेको बताए।

    लुम्बिनी साँस्कृतिक नगरपालिका–२ सानो अर्दौलाका तीन बालक साथीसँगै गाउँनजिकैको दानव खोलामा पौडी खेल्न गएका थिए। बगहा बाबा मन्दिर नजिकै नुहाउने क्रममा तीनै जना नदीको गहिरो भागमा पुगेको प्रत्यक्षदर्शी एक बालकले जानकारी दिएको वडाध्यक्ष ईनामुल्ला फकिरले जानकारी दिए।

    मृत अवस्थामा भेटिएका बालकको मूल घर त्यहीँ भए पनि उनी बुबाआमासहित रूपन्देहीकै सैनामैना बस्थे। हाल विद्यालय बिदा रहेकाले उनी दुई दिनअघि मात्रै मूल घर आएका थिए। बेपत्ता बालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

    आज दिउँसो लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलामा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा सोही वडामा बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन बेपत्ता भएका थिए।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij