मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

कञ्चनपुरमा जलेको अवस्थामा भेटिएको शवको पहिचान 


  • 316
    SHARES
  • https://indrenipost.com/index.php/posts/8814
    बैशाख ९, २०८२ मंगलबार
    कञ्चनपुरमा जलेको अवस्थामा भेटिएको शवको पहिचान 

     
     काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगर आज बिहान जलेको अवस्थामा फेला परेको शवको पहिचान भएको छ। उक्त शव स्थानीय ५० वर्षीय हरिकिसन रानाको भएको प्रहरीले पुष्टि गरेको छ।

    जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार शरीरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो।

    शव फेला परेको स्थान नजिकै तोरीको भुसामा उनको मोटरसाइकल समेत जलाइएको पाइएको छ।

    बेलडाँडी गाउँपालिका–३ का स्थानीय बासिन्दा राना भैँसी पालेर दुग्ध व्यवसाय सञ्चालन गर्दैआएका थिए। ‘घटनास्थल शंकास्पद देखिएको छ,’ प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘के कति कारणले रानाको मृत्यु भयो भन्नेबारे अनुसन्धान गर्दैछौँ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij