मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चार ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो


  • 343
    SHARES
  • https://indrenipost.com/index.php/posts/8855
    बैशाख ११, २०८२ बिहीबार
    सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने चार ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो

    काठमाडौं । सर्वसाधारणलाई बीच बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीले जानकारी दिए ।

    गिरीका अनुसार ती व्यक्तिमाथि काठमाडौंको सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट भएको थियो । साथै, घटना गत मंसिर ११ गतेको रहेको पनि प्रवक्ता गिरीले जानकारी दिए ।

    उनीहरू चार जनालाई नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय झिकाएर आवश्यक अनुसन्धान भइरहेको छ । एक जना व्यक्ति कुटिएको भिडिओ बिहीबार बिहानैबाट यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छ । उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिएको छ ।

    ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ । कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij