शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

भारतसँग जोडिएका सर्लाहीका ८ वटै नाका खुला गर्ने निर्णय


  • 2.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/890
    असोज ११, २०७८ सोमबार
    भारतसँग जोडिएका सर्लाहीका ८ वटै नाका खुला गर्ने निर्णय

    सर्लाही । सर्लाहीका ८ वटै नेपाल(भारत सीमा नाका खुला गर्ने निर्णय स्थानीय प्रशासनले गरेको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सर्लाहीको बैठकले भारतसँग सीमा जोडिएका ८ वटै नाका खुला गर्ने निर्णय गरेको हो । 

    आइतबार दिउँसो सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा डीसीएमसीको बैठक बसेको थियो । उक्त बैठकमा नेपाल सरकारले गरेको निर्णयानुसार जिल्लाका ८ वटै नाका खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।

    बैठकले सदरमुकाम मलंगवास्थित गोरखकाली नाका, पर्सा गाउँपालिकास्थित संग्रामपुर र पर्सा नाका, ब्रम्हपुरी गाउँपालिकास्थित त्रिभुवननगर नाका, मलंगवा नगरपालिकास्थित भाँडसर नाका, विष्णु गाउँपालिकास्थित बाराउद्योरण र फेन्हरा नाका खुला गर्ने निर्णय गरेको हो । 

    खुला गरिएका सबै नाकामा हेल्थ डेक्स स्थापना गर्ने निर्णय स्थानीय प्रशासनले गरेको छ । स्वास्थ्य कार्यालयमार्फत ती नाकामा एन्टिजेन परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको सीडीओ महतोले जानकारी दिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij