काठमाडौं । एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ रुपैयाँ कर छुट दिएको आरोप लागेका चूडामणि शर्मा ढकाललाई विशेष अदालतले ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
सोमबार विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो ।