बुधबार, असार १८ गते २०८२ Jul 02 2025 Wednesday
images
images

माओवादी मध्यपहाडी लोकमार्ग अभियानको आयो खाका सहित कार्यतालिका  


  • 5.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9030
    बैशाख २६, २०८२ शुक्रबार
    माओवादी मध्यपहाडी लोकमार्ग अभियानको आयो खाका सहित कार्यतालिका  

     काठमाडौँ । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अन्तर्गत दोस्रो चरणको अभियानको खाका तयार पारेको छ ।  ‘जनतासँग माओवादी स् मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ जेठ महिनाभित्र सम्पन्न हुने गरी खाका तयार भएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार अभियान जेठ २ गते सुदूरपश्चिमको बैतडी जिल्लाको पाटनमा अभियान उद्घाटन हुनेछ । 

     कार्यक्रमको स्वरूप– मध्यपहाडी लोक मार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले १–१ स्थानमा जनसभाको आयोजना गर्ने र प्रत्येक जिल्ला समन्वय समितिले ११ स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्ने । कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको जनसभाहरूलाई अभियानकै कार्यक्रमको रूपमा समावेश गर्ने उनले बताए ।

    बाँकी जिल्लाहरूमा अनुकूल समयमा जनसभाहरू आयोजना गर्नेछ । वैशाख २१ गते बसेको माओवादी पदाधिकारी बैठकले जेठ २ गतेबाट दोस्रो चरणको अभियान सञ्चालन जेठ २ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । महासचिव देव गुरुङको संयोजकत्वमा उपमहासचिवहरू गिरिराजमणि पौडेल र वर्षमान पुन रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले सम्बन्धित प्रदेशका पदाधिकारीसँग समन्वय गरी अभियानको खाका बनाएको हो । 

     
     लोकमार्गमा पर्ने प्रत्येक जिल्लाले जनदिशा लागु गरी १–१ दिन सबै जिल्लामा बसोबासको व्यवस्था मिलाएको उपाध्यायले जानकारी दिए । 

     
    यस्तो छ समय तालिका 

     
    २०८२ जेठ १ गते बेलुका डडेलधुरा

    २०८२ जेठ २ गते बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसम्वाद

    २०८२ जेठ ३ गते, अछाम मङ्गलसेन जनसंवाद

    २०८२ जेठ ४ गते, दैलेख सदरमुकाम जनसभा

    २०८२ जेठ ५ गते, जाजरकोट खलङ्गा जनसंवाद 

    २०८२ जेठ ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद

    २०८२ जेठ ७ गते, पूर्वी रुकुमको रुकुमकोट जनसंवाद  र रोल्पाको थबाङमा जनसभा

    २०८२ जेठ ८ गते बागलुङ जनसंवाद 

    २०८२ जेठ ९ गते पर्वत कुस्मा जनसंवाद

    २०८२ जेठ १० गते कास्की  जनसंवाद  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij