शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

दुर्घटना हुनबाट जोगिएको विमान

यात्रु बचाउन आकाशमा २ घण्टा फन्को मारेको विमान आज विहानै संचालनमा


  • 3.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/911
    असोज १२, २०७८ मंगलबार
    यात्रु बचाउन आकाशमा २ घण्टा फन्को मारेको विमान आज विहानै संचालनमा

    काठमाडौं । प्राविधिक समस्या देखिएको भनेर सोमबार करीब दुई घण्टा आकाशमा फन्को मारेको बुद्ध एअरको जहाज मंगलबार बिहानैबाट संचालनमा आएको छ ।

    कम्पनीका एक अधिकारीका अनुसार सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए । चेकजाँचका क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले उडान अनुमति दिएको उनले बताए ।

    सोमबार बिहान ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो । आकाशमा करीब दुई घण्टा फन्को मारेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण गरेको थियो ।

    ‘सोमबार अवतरणलगत्तै प्राविधिकले जहाजको मिहिन रुपमा चेकजाँच गर्नुभयो’ एक अधिकारीले भने, ‘गडबडी नभएको पुष्टि भएसँगै जहाजले उडानको अनुमति पाएको हो ।’ उनका अनसार सो जहाजले मंगलबार तीन उडान गरिसकेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij