मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता 


  • 208
    SHARES
  • https://indrenipost.com/index.php/posts/9178
    जेठ ६, २०८२ मंगलबार
    बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल जारी रहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    प्रधानमन्त्री ओली र देउवाबीच सोमबार साँझ भेट हुने भनिएको थियो । त्यहीँ अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक पनि स्थगित गरेका थिए । तर, कांग्रेस सभापति देउवाले गभर्नरका विषयमा कुरा गर्न अब आवश्यक नरहेको र त्यसका लागि नभेट्ने भनेपछि भेट टरेको थियो । 

    प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो । तर, प्रधानमन्त्री ओली अस्वस्थ्य भएपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको थियो । प्रतिनिधिसभा बैठकमा अस्वस्थताका कारण उपस्थित नभएका प्रधानमन्त्री ओलीले बालुवाटारमा कांग्रेस सभापति देउवालाई भेटेका हुन् ।

    प्रधानमन्त्री ओली र सभापति देउवाबीच गभर्नर नियुक्ति, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा कुराकानी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । राष्ट्र बैंकको गभर्नर पद २४ चैतदेखि रिक्त छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij