शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

समाचार

चीनबाट फर्केका एमबीबीएसका विध्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/923
    असोज १२, २०७८ मंगलबार
    चीनबाट फर्केका एमबीबीएसका विध्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने

    काठमाडौँ । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप)गर्न पाउने व्यवस्था गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विदेशमा अध्ययन गरी कोभिड–१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नगरेका विद्यार्थीहरुले नेपालमै प्रयोगात्मक अभ्यास पूरा गर्न पाउने जनाएको हो ।

    कोरोना महामारीका बेला चीनबाट नेपाल फर्केका र फेरि चीन जान नपाएका एमबीबीएस अध्ययनरत विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका थिए । विदेशी विश्वविद्यालयमा अध्ययन गरेका तर महामारीका कारण इन्टर्नसिप गर्न जान नपाएका विद्यार्थीको विषयमा कार्यविधिबारे सुझाव दिन गठित कार्यदलको असोज ६ गतेको सिफारिस अनुसार आवश्यक प्रक्रिया पूरा गरेर इन्टर्नसिप गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

    उक्त कार्यदलले सन् २०१५ ब्याचमा भर्ना भई सैद्धान्तिक पढाइ पूरा गरेकाले मात्र इन्टर्नसिप गर्न पाउने निर्णय गरेको छ ।

    चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित निकायहरुबाट मन्त्रालयमार्फत आवश्यक विवरण संकलन गर्ने भनी सिफारिस प्राप्त भए अनुसार विदेशमा चिकित्सा शिक्षा अध्ययनरत तर कोभिड–१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नभएका इच्छुक विद्यार्थीलाई अनलाइन आवेदन दिन पनि मन्त्रालयले भनेको छ ।

    विद्यार्थीहरुले असोज १२ देखि असोज २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij