बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

अन्तर्राष्ट्रिय

भ्रष्टाचार अभियोगमा अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/924
    असोज १३, २०७८ बुधबार
    भ्रष्टाचार अभियोगमा अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

    एजेन्सी । अल्जेरियाका दुईजना पूर्वप्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले जेल सजायको फैसला सुनाएको हो । 

    पूर्व प्रधानमन्त्री अहमद ओयुयाहीयालाई छ बर्ष र अर्का पूर्व प्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई त्यहाँको अदालतले पाँच वर्ष जेल सजायको फैसला सुनाएको छ । उनीहरुलाई सार्वजनिक शक्ति र सम्पत्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको लगायतका अभियोगमा जेल सजाय सुनाइएको हो ।

    सरकारी अधिकारीहरुका लागि राज्यले बनाउन लागेको आवासीय भवन बनाउने क्रममा अनियमितता गरेको विषयलाई अदादतदृ मुख्य मुद्दा बनाएको छ । भवन निर्माण समितिका प्रमुख हमिद मेल्जीलाई भने यसअघि नै पाँच वर्षको जेल सजाय तोकिएको थियो ।

    दुई पूर्वप्रधानमन्त्रीविरुद्ध भवन बनाउने क्रममा अनियमितता गरेर राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पारेको आरोप छ । पूर्व प्रधानमन्त्री ओयुयाहीया सन् १९९५ देखि २०१९ सम्ममा चार पटक प्रधानमन्त्री बनेका थिए । त्यसैगरी अर्का पूर्व प्रधानमन्त्री सेल्लालले सन् २०१४ देखि २०१७ सम्म प्रधानमन्त्री थिए । उनी बौटेफ्लीकाको चारवटै निर्वाचनको मुख्य व्यवस्थापक पनि थिए । 

    अल्जेरियाका तत्कालिन राष्ट्रपति बौटेफ्लीकले गत सन् २०१९ मा राजीनामा दिएका थिए । आम नागरिकको आन्दोलन र सेनाको दवावका कारण उनले पदबाट राजीनामा दिएका थिए । यही सेप्टेम्बर महिनामा ८४ बर्षको उमेरमा उनको निधन भइसकेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij