मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

गुणाकरलाई फकाएर पौडेलले, गभर्नरको कार्यालय सम्हाल्ने गरी जिम्मेवारी दिए


  • 928
    SHARES
  • https://indrenipost.com/index.php/posts/9241
    जेठ ११, २०८२ आइतबार
    गुणाकरलाई फकाएर पौडेलले, गभर्नरको कार्यालय सम्हाल्ने गरी जिम्मेवारी दिए

    काठमाडौँ ।  नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले राजीनामा दिएर बसेका डा। गुणाकर भट्टलाई कार्यालय फर्किन फकाएका छन्। कार्यालय फर्किन गभर्नरले फकाएसँगै उनको राजीनामा औपचारिक रुपमै अस्वीकृत भएको हो।

    राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यका अनुसार भट्टलाई आर्थिक अनुसन्धान विभागबाट गभर्नरको कार्यालयमा सारिएको छ। काजमा राष्ट्रिय योजना आयोग सरुवा भएका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले अवकाश पाएसँगै सो ठाउँमा डा. भट्टलाई ल्याइएको हो। अब उनले गभर्नरको कार्यालयको नेतृत्व गर्नेछन्।

    डा.भट्टले नवनियुक्त पौडेलको गभर्नर बन्दाका प्रत्याशी हुन्। उनले गभर्नर बन्नकै लागि गत वैशाखमा कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए।तर तत्कालीन कामु गभर्नर तथा गभर्नरकै प्रत्याशी रहेकी डेपुटी गभर्नर नीलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगरेपछि उनी गभर्नरको दौडबाट बाहिरिएका थिए।

    गभर्नर नबन्ने निश्चित भएसँगै अमेरिका उडेका उनलाई नवनियुक्त गभर्नर पौडेलले राष्ट्र बैंक फर्काएका हुन्।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij