काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । सो पार्टीले सोमबार बिहान ८ बजे अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बस्नेगरी पदाधिकारी बैठक बोलाएको हो ।
बैठकमा पछिल्लो विकसित राजनीति, बजेट, अभियानको समीक्षा, अन्तर्राष्ट्रिय परिस्थिति लगायत विषयमा छलफल हुने सो पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । साथै भिजिट भिसामा गृह प्रशासनको नेतृत्व समेत मुछिएकोले संसद्मा कडा रूपमा प्रस्तुत हुने पौडेलले बताए ।
बैठकमा नेपाल समाजवादी पार्टी(नेसपा) गंगा नारायण श्रेष्ठपक्षको पार्टी एकताका विषयमा समेत छलफल हुने बुझिएको छ ।