सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

विप्लवले विनोद चौधरीलाई दुई लाख किलो आलु बेचे


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9277
    जेठ १४, २०८२ बुधबार
    विप्लवले विनोद चौधरीलाई दुई लाख किलो आलु  बेचे

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले दुई लाख किलो आलु उद्योगपति विनोद चौधरीलाई बेचेका छन्।

    जुम्लामा स्याउदेखि इलाममा चिया खेती गर्न थालेका विप्लवले घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले सोमबार आयोजना गरेको कार्यक्रममा उक्त जानकारी दिएका हुन्।

    ुआलु त हामीले विनोद चौधरीलाई नै दियौं। अस्ति उहाँसँग काठमाडौंमा भेट पनि भयो,ु उनले भने, ुउहाँले मेरो लागि त चमत्कार (मिरेकल) जस्तै हो भन्नुभयो। हामीले बढीमा २० – ३० हजार किलो उत्पादन गर्ने हो भन्ने उहाँलाई लागेको हुँदो हो, तर हामीले लक्ष्यभन्दा बढी उपलब्ध गरायौं।ु

    पार्टीको निम्ति पुँजी निर्माण गर्न काठमाडौंसहित देशका तीन ठाउँमा साना उद्योग र खेती सुरू गरेको विप्लवले बताएका छन्। ती सबै नाफामा चलिरहेको उनको भनाइ छ।

    उद्योगपति विनोद चौधरीलाई एकै सिजनमा दुई लाख किलो आलु बेच्न सक्षम हुने गरी कम्युनिस्ट नेता विप्लवले कहाँ र कसरी खेती गरिरहेका छन् त? उनको यो उद्यमशीलताको कथा के हो? 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij