सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

व्यक्ति हत्या गरेको अभियोग लागेका पूर्वसांसद आफताबलाई सफाइ


  • 298
    SHARES
  • https://indrenipost.com/index.php/posts/9282
    जेठ १४, २०८२ बुधबार
    व्यक्ति हत्या गरेको अभियोग लागेका पूर्वसांसद आफताबलाई सफाइ

    वीरगञ्ज (पर्सा) ।उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले विस्फोटक पदार्थ बम प्रयोग गरेर व्यक्ति हत्या गरेको अभियोग लागेका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिएको छ ।

    उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको आजको संयुक्त इजलासले विष्फोटक पदार्थ बमको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरसँग सम्बन्धित यसअघि जिल्ला अदालत रौतहटले गरेको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।

    यसअघि जिल्ला अदालत रौतहटले आलमलाई दोषी ठहर गर्दै जन्म कैदको फैसला गरेको थियो । पूर्वसांसद आलमले २०६४ सालको संविधानसभाको निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरस्थित बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा हालेर हत्या गरेको आरोप लागेको थियो । सो मुद्दा पुनरावेदनका लागि उच्च अदालतमा गत २०८१ असार २७ गते दर्ता भएको थियो ।

     
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij