उत्तर कोरियाले मंगलबार हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको बताएको छ । यस मिसाइलको नाम हङसङ–८ भनिएको छ ।
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार यो मिसाइल पञ्चवर्षीय सैन्य योजनाको हतियार प्रणालीअन्तर्गत ‘सबैभन्दा महत्त्वपूर्ण हतियारमध्ये एक’ हो । नयाँ मिसाइललाई उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार ‘रणनीतिक हतियार’ भनेको छ ।
सामान्यतया रणनीतिक हतियारलाई परमाणु क्षमता भएको हतियार भनिन्छ । नयाँ मिसाइलको परीक्षणले के देखाउँछ भने उत्तर कोरियाले कडा प्रतिबन्धका बीच पनि लगातार आफ्नो हतियार प्रविधि विकास गरिरहेको छ ।
यही महिनाभित्र मात्र उत्तर कोरियाले तीनवटा मिसाइल परीक्षण गरिसकेको छ ।