सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

प्रचण्डले भने–  ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइन

  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9306
    असार ३, २०८२ मंगलबार
    प्रचण्डले भने–  ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइन

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् ।

    प्रेस सेन्टर चितवनले आज प्रचण्ड निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताएका हुन् । 

    प्रचण्ड भने, ‘यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईँहरुले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ ।’

    यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ । 

    यो मुद्दालाई त्यत्तिकै नछाड्ने पनि उनले बताए । यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनको भनाइ छ । उनले भने, ‘यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन ।’

    प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए। उनले भने, ‘हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।’

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij