सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

राजस्व अनुसन्धान विभागको संक्षिप्त जानकारी


  • 298
    SHARES
  • https://indrenipost.com/index.php/posts/9387
    असार १५, २०८२ आइतबार
    राजस्व अनुसन्धान विभागको संक्षिप्त जानकारी

    काठमाडौ १५, असार राजस्व अनुसन्धान विभाग स्थापना हुनुपूर्व राजस्व चुहावट नियन्त्रण गर्ने उद्येश्यले वि.सं.२०३४ सालमा अर्थ मन्त्रालयमा राजस्व अनुसन्धान महाशाखाको स्थापना भएको थियो । पछि राजस्व चुहावट नियन्त्रण गर्न एक विशिष्टीकृत निकायको रुपमा अर्थ मन्त्रालय अन्तर्गत राजस्व अनुसन्धान विभागको स्थापना वि.सं.२०५० सालमा भएको हो । प्रारम्भमा कर राजस्व चुहावट सम्वन्धी अनुसन्धान तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार पाएको विभागले आ.ब. २०६५।६६ देखि गैर कर राजस्व चुहावट सम्वन्धी अनुसन्धान तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार समेत प्राप्त गरेको छ । साथै, नेपाल सरकारले विदेशी विनिमय सम्बन्धी कसूरको सम्बन्धमा जाँचबुझ र अनुसन्धान गर्नको लागि विभागका महानिर्देशक वा निजले तोकेको यसै विभाग वा अन्तर्गतका अधिकृतहरुलाई अनुसन्धान अधिकारी तोकेको छ । राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ र राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण नियमावली, २०७० तथा विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ र विदेशी विनिमय नियमित गर्ने नियमहरु २०२० बमोजिम राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन सम्वन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने क्षेत्राधिकार यस विभागलाई तोकिएको छ ।

    हाल यस विभाग नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७४ फागुन १३ गतेको निर्णयानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत क्रियाशील रहदै आएको छ । विभाग हाल हरिहरभवन, ललितपुरमा रहेको छ । यस अन्तर्गत चारवटा कार्यालयहरु इटहरी, पथलैया, वुटवल र कोहलपुर रहेका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij