सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

दुई लाख बिरुवा वितरण गर्दै चितवन


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9390
    असार १५, २०८२ आइतबार
    दुई लाख बिरुवा वितरण गर्दै चितवन

    चितवन, १५ असारः डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षका लागि १ लाख ९३ हजार ४१० बिरुवा वितरण गर्ने तयारी गरेको छ । कार्यालय परिसरमा रहेको नर्सरीमा उत्पादित बिरुवा आजदेखि वितरण गर्न थालिएको हो ।  

    कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार जिल्ला वनपैदावार आपूर्ति समिति र डिभिजन वन कार्यालयबाट ती बिरुवा हुर्काइएको हो । त्यसमा जडीबुटी बिरुवा, डालेघाँस, फलफूल तथा बहुउपयोगी बिरुवा, बहुवर्षीय बिरुवा रहेका छन् । आपूर्ति समितिबाट १ लाख २० हजार, डिभिजन वन कार्यालयका तर्फबाट ७३ हजार ४१० बिरुवा उत्पादन गरिएको उनले भने । उनका अनुसार डिभिजन वन कार्यालयमार्फत ३० हजार बिरुवा जडीबुटीका, १५ हजार बिरुवा डाले घाँस, फलफूल तथा बहुउपयोगी र २८ हजार ४१० बिरुवा बहुवर्षीय उत्पादन गरी हुर्काएर वितरणका लागि तयारी गरिएको हो ।

    यहाँबाट डालेघाँस, ठूला रुखजन्य बिरुवा र बहुउपयोगी बिरुवा उत्पादन हुँदै आएको छ । बहुवर्षीय बिरुवा सडक क्षेत्रमा लगाउन उपयोगी हुने गर्दछन् । सडकलाई हराभरा र सौन्दर्य राख्न यी बिरुवा प्रयोग हुने गरेको छ । गत वर्ष कार्यालयले ९२ हजार बिरुवा मात्र उत्पादन गरेको थियो । समितिबाट ८० हजार र डिभिजन वन कार्यालयलबाट १२ हजार बिरुवा उत्पादन गरिएको थियो । उनले भने, “आजदेखि बिरुवा वितरण सुरु गरिएको छ ।”
     
    कार्यालयले अहिले २० भन्दाबढी प्रजातिका बिरुवा वितरण गर्न लागेको हो । त्यसमा हर्रो, बर्रो, अमला, निम, जामुन, श्रीखण्ड, बेल, तेजपत्ता, चाप, निबुवा, अम्बा, बडहर, टाँकी, कोइराला लगायत बिरुवा रहेको पौडेलले जानकारी दिएका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij