शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

शिक्षा

शिक्षकको जिल्लान्तर सरुवा रोक्का


  • 2.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/946
    असोज १४, २०७८ बिहीबार
    शिक्षकको जिल्लान्तर सरुवा रोक्का

    काठमाडौं । सरकारले शिक्षकको जिल्लान्तर सरुवा रोकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक जिल्लाबाट अर्को जिल्लामा हुने शिक्षक सरुवा रोकिएको जनाएको हो ।

    केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै शिक्षक सेवा आयोगको विज्ञापन प्रयोजनका लागि जिल्लान्तर सरुवा रोकिएको जनाएका छन् ।

    शिक्षक सेवा आयोगमा विज्ञापनका लागि शिक्षकको रिक्त पद संख्या पठाइसकेकाले सरुवा रोक्का गरिएको कोइरालाले जानकारी दिए । उनले अब दरबन्दी मिलानका गर्नुपर्दा फुल दरबन्दी भएको स्थानीय तहमा दरबन्दी थप गर्नुपर्ने भएमा मात्र सरुवा हुनसक्ने बताए ।

    केही समयअघि मात्रै केन्द्रले शिक्षकको १७ हजार ४७ पदमा पदपूर्ति गर्न शिक्षक सेवा आयोगसमक्ष विवरण पठाएको थियो । अहिले देशका धेरै सामुदायिक विद्यालयमा गणीत, विज्ञान र नेपाली विषय अध्यापन गराउने शिक्षकको अभाव छ ।

    केन्द्रले प्राथमिक तहमा १२ हजार ९१२, निमावि तहमा २ हजार ५९३ र मावि तहमा १ हजार ५४२ पदमा आवेदन माग गरी पदपूर्तिका लागि शिक्षक सेवा आयोगलाई पत्राचार गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij