आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
विविध
शुक्रबार, फागुन २३ २०८१

सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्वसांसद प्रमोद साह नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । जनतासँग माओवादी तराईमधेस जागरण अभियान अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भित्र्याएका छन् । साह २०७४

शुक्रबार, फागुन २३ २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन वर्षभित्र संविधान संशोधन प्रक्रिया पूरा हुने बताएका छन् । सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले संविधान संशोधन सरकारको महत्वपूर्ण काम भएको उल्लेख गरे । सरकार अहिले सुशासन प्रणालीलाई गतिशील बनाउन

शुक्रबार, फागुन २३ २०८१

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जाको जनकल्याण माविकी प्रअ न्याउली छन्त्याल यसअघि काम विशेषले पालिकाको केन्द्र आउँदा पूरै दिन पैदलयात्रा गर्थे । पालिकाको केन्द्रमा आएर काम सकेर फर्कँदा कम्तीमा तीन दिन लाग्दथ्यो । धवलागिरिका प्रअहरूको बिहीबार भएको नियमित बैठकमा सहभागी हुन भने छन्त्याल घरबाट

बिहीबार , फागुन २२ २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले चार बुँदे स्पष्टीकरण सोधेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई तीन दिनको समय दिएर चार बुँदे स्पष्टीकरण सोधेको थियो । कुलमानले सरकारले सोधेको स्पष्टीकरण विहिबार साँझ बुझेका हुन् । स्पष्टीकरणमा समयसीमाभित्र आर्थिक वर्ष २०८०(०८१

बिहीबार , फागुन २२ २०८१

  काठमाडौं । राष्ट्रिय सभाबाट पनि सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् । यस अघि बुधबार प्रतिनिधि सभाबाट स्वीकृत भएका पाँच अध्यादेश विहिबार राष्ट्रिय सभाबाट स्वीकृत भएका हुन् । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश संसद्को दुवै सदनबाट स्वीकृत भएका छन् । राष्ट्रियसभामा

बिहीबार , फागुन २२ २०८१

 काठमाडौंं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको बलबाट गलहत्याइए सामन्ती प्रेतहरुले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई बिहीबार सम्बोधन गर्दै

बिहीबार , फागुन २२ २०८१

  काठमाडौं । ताप्लेजुङ जिल्लाको सुकेटार विमानस्थलमा पछिल्लो समय हवाई सेवा ठप्प हुँदा यात्रु समस्यामा परेका छन्। सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायु सेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मङ्सिर अन्तिम सातादेखि नियमित उडान बन्द भएको हो।  विमानस्थल कार्यालयका अनुसार एउटा जहाज दसैँदेखि बिग्रिएर मर्मत भइरहेको छ

बिहीबार , फागुन २२ २०८१

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका बाँकी भागमा मौसम सफा रहेको छ भने तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो पहाडी

बुधबार, फागुन २१ २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन्। तनहुँको डुम्रेमा आजदेखि सुरु हुने डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आएका मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताए। उनले

बुधबार, फागुन २१ २०८१

 काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका १ की १७ वर्षीया किशोरी रिंकु कुमारी सदायको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाका मुख्य आरोपित रूपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।  घटना लगत्तै फरार भएका मण्डललाई सिरहा नगरपालिका १७ स्थित दशगजा क्षेत्रबाट आज दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका

बुधबार, फागुन २१ २०८१

  काठमाडौं । प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका छन् । प्रतिनिधिसभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१,  आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि

बुधबार, फागुन २१ २०८१

 

बुधबार, फागुन २१ २०८१

  काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।  आज हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा

मंगलबार, फागुन २० २०८१

   काठमाडौं । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा पाँच वटा अध्यादेश पेश गरिने भएको छ । सत्ता साझेदार दलको बैठकले भूमि सम्बन्धि अध्यादेशलाई तत्काल अघि नबढाउने र बाँकीलाई बुधबार प्रतिनिधि सभामा र बिहीबार राष्ट्रिय सभामा पेश गर्ने सहमति जुटेको हो ।  सरकारले ६ वटा अध्यादेश ल्याएकामा सत्ता

मंगलबार, फागुन २० २०८१

भोजपुर । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको अकबरे खुर्सानीको प्रशोधन केन्द्र स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो । किसानले उत्पादन गरेको अकबरे (डल्ले) खुर्सानीलाई गुणस्तरीय ढङ्गले भण्डारण तथा

मंगलबार, फागुन २० २०८१

  काठमाडौं । बबरमहलमा मेलम्चीको पाइप फुटेको एक महिना नहुँदै थापाथलीमा फेरि मेलम्चीको खानेपानी फाइप फुटेको छ। मंगलबार बिहान थापाथली क्षेत्रमा मेलम्चीको खानेपानी पाइप फुटेको हो। पाइप फुटेर बानी सडकमा बाढीकै रुपमा बगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। खानेपानीको पाइप फुटेपछि सडक अवरुद्ध हुनेगरी बाढी आएको

सोमबार, फागुन १९ २०८१

सर्लाही । यहाँको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा  स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आज बिआर ३० प १७०३ नंको स्कारपियो दुर्घटना हुँदा घाइते भएका चालक ४० वर्षीय अमितकुमार अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। बेल्ही निवासी अधिकारीको प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपछि

सोमबार, फागुन १९ २०८१

  काठमडौं । गोरखा जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले ६ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरूले सर्वेक्षण थालेका हुन् । बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा

सोमबार, फागुन १९ २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं दाङ क्षेत्र नम्बर दुइकी प्रतिनिधि सभा सांसद रेखा शर्माले पक्राउ परेका स्वर्गद्धारी गुठी किसानलाई विनासर्त रिहा गर्नुपर्ने बताएकी छन् । गत माघ २० गतेदेखि स्वर्गद्धारी गुठि किसानले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका थिए । आइतबार काठमाडौमा

आइतबार, फागुन १८ २०८१

  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना दलको सहकार्यले उनीहरुभित्रको रोग माओवादीमा पनि संक्रमण भएकाले रोगको उपचार खोज्न जनताको बीचमा आएको बताएका छन् ।  जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले

आइतबार, फागुन १८ २०८१

  काठमाडौं ।  सत्तारुढ दल नेकपा एमालेले पाथीभारामा केबलकार निर्माणका लागि सहज वातावरण बनाउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गरेको छ । आज बसेको सचिवालय बैठकले केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि सबै पक्ष छलफलमा बस्नुपर्ने सुझाव प्रस्तुत गरेको महासचिव शंकर पोखरेलले बताए । उनले भने, ‘स्थानीय जनप्रतिनिधि, प्रशासन

आइतबार, फागुन १८ २०८१

 काठमाडौँ । काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गर्दै फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएर पक्रुआ गरेको जानकारी दिएको छ । प्रहरीले अहिले पटेललाई उपचारका लागि अस्पताल पुर्‍याएको जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका

आइतबार, फागुन १८ २०८१

  काठमाडौं ।  पछिल्लो समय उपल्लो मुस्ताङमा हिमचितुवा र मानवबीचको द्वन्द्वले पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ । हिमचितुवाको आतङ्कले स्थानीय पशुधनमाथि आक्रमण गरी पटकपटक क्षति तुल्याउने घटना दोहोरिँदा उपल्लो मुस्ताङका किसानको सदियौँ वर्ष पुरानो पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको हो । जिल्लामा हिमचितुवाको यकिन तथ्याङ्क छैन

आइतबार, फागुन १८ २०८१

 काठमाडौं । हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । गत माघ दोस्रो सातादेखि ती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएका हुन् । सिमकोट, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । सरकारले नियुक्त गरेका नयाँ प्रमुख प्रशासकीय अधिकृत हालसम्म गाउँपालिकामा आएका

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij