आइतबार, असोज ३१ २०७८
काठमाडौं । दशैँको विदा सकिएसँगै विभिन्न जिल्लाहरुमा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालयहरु पनि आजबाट खुलेका छन् ।
दशैँ मनाउन गाउँघर गएकाहरु काठमाडौं उपत्यका भित्रिने क्रम जारी छ । काठमाडौंका कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका नाकाहरुमा दशैँ मनाएर राजधानी फर्कनेहरुको भिड बढेको देखिन्छ ।